२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काँग्रेस नेता भिम लामा अस्वस्थ्य, उपचारको लागि मेदान्त अस्पताल लगिदै

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • १००५ पाठक संख्या
  • नेपाली काँगेसका निर्माण विभागका सदस्य एवं महासमिति सदस्य भिम लामा अस्वस्थ्य हुनुभएको छ ।

    उहाँको थप उपचारको लागि भारतको मेदान्त अस्पताल लगिएको नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ का सभापति  तिर्थ लामाले जानकारी दिनुभयो ।

    उहाँको केहि दिन अघि देखि स्वास्थ्यमा समस्या भएपछि ललितपुरको नेपाल क्यान्सर हस्पिटलमा उपचार हुदैँ आएको थियो ।

    डाक्टरहरुको सल्लाह अनुसार तत्काल थप उपचार गर्नको लागि दिल्लीको मेदान्त अस्पताल लगिएको हो । उहाँमा प्रारम्भिक जाँचमा मृगौला र ढाँडमाा क्यान्सर देखिएको अस्पतालले जनाएको छ ।

    मिडियाचोक डटकम उहाँको सिघ्र स्वास्थ लाभ गर्दै चाँडै निको हुनुहोस भन्ने कामना गर्दछ ।

    प्रतिक्रिया दिनुहोस