२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

१ लाखको कोरोना बीमा गरेकाले अब २५ हजार मात्रै, बाँकी उपचारको बिल बुझाए पाइने

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३८० पाठक संख्या
  • १ लाख रुपैयाँको लागि कोरोना बीमा गरेकाले अब २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन्।

    व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ नगद पाउने छन्।

    बीमा समितिका सूचना अधिकृत निर्मल अधिकारीका अनुसार ५० हजारको बीमा गर्नेले पनि कोरोना पुष्टिपछि २५ प्रतिशत मात्रै अर्थात १२ हजार ५ सय पाउने छन्।

    आजदेखि लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गर्दै समितिले कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ र त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा मात्रै दिने भएको हो।

    बीमा गर्नेहरुको संख्या उच्च भएपछि समितिले आफ्नो मापदण्ड संशोधन गरेको हो। समितिका अनुसार हालसम्म करिब ४ सय जनाले कोरोना बीमाको भुक्तानी लिएका छन् भने १२ सयले क्षतिपूर्तिका लागि दावी गर्दै बीमा कम्पनीहरुमा निवेदन दिएका छन्।
    १३ लाखभन्दा बढी संख्याले बीमा गरेको र ७५ करोड रुपैयाँ बराबर प्रिमियम रकम संकलन भएको छ।

    त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाको पिसिआर परीक्षण रिपोर्टलाई पनि मान्यता दिइने भएको छ।

    प्रतिक्रिया दिनुहोस