२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

देशभर कोरोनाबाट २४ घण्टामा १५ जनाको मृत्यु, मृतकको सङ्ख्या ३६० पुग्यो

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३८१ पाठक संख्या
  • पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रणबाट थप १५ जनाको मृत्यु भएको छ ।

    ५ महिला र १० जना पुरुष गरी कुल १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मृत्यु हुनेमा काठमाडौँमा ६, मोरङमा २, ललितपुरमा १, भक्तपुरमा १, रामेछापमा १, गोरखामा १, नवलपरासीमा १, पर्सामा १ र कपिवस्तुमा १ गरी १५ जना रहेका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस