२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

शान्ति मिशनमा लिबिया जान लागेका सेनामा कोरोना, सोमबारको उडान स्थगित

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ८१२ पाठक संख्या
  • युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया अन्तर्गत शान्ति सेनामा लिबिया जान लागेका सेनाका जवानलाई कोेरोना देखिएपछि सोमबारको उडान स्थगित गरिएको छ।

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोट जारी गर्दै भदौ २९ गते लिबिया जान लागेक सेनाको केही जवानमा कोरोना पुष्टि भएपछि हाललाई उडान स्थगित भएको जानकारी दिएको छ ।

    काभ्रेपलाञ्चोकको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम सकेर क्वारेन्टिनमा बसेकाहरुको पिसिआर परीक्षण गर्दा केहिलाई कोरोना पोजेटिभ देखाएको थियो ।
    सैनिक भित्रैबाट परीक्षण गरिएकोले कति जनामा कोरोना संक्रमण भयो भनेर उनीहरुले खुलाएका छैनन् । श्रोतका अनुसार १ सय २९ जनाको परीक्षण गर्दा धेरैलाई कोरोना संक्रमण देखाएको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस