२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कुकुरले चितुवा मार्यो

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • १०८७ पाठक संख्या
  • चितुवा वा बाघले कुकुर मारेको घटना त सुन्दै आउनुभएको छ । तर गोरखाको आरुघाटमा कुकुरले चितुवा मारेको छ । तपाईलाई पत्यार नलाग्न सक्छ तर गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजीकै कुकुरले टोकेर चितुवा मरेको छ ।

    गोरखातर्फको आरुघाट बजारबाट धादिङतर्फको आरुघाट बजार जाने कच्ची सडकखण्डमा मृतावस्थामा कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    अन्दाजी ६ महिनाको जस्तो देखिने चितुवालाई कुकुरहरुले टोकेर मारेको कार्यालय सहायक वन अधिकृत बालकुमार नेपालीले जानकारी दिनुभयो ।

    वन कार्यालयको टोलीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको रोहवरमा मृतावस्थामा भेटिएको चितुवाको मुचुल्का तयार गरी सब डिभिजन वन कार्यालय ध्याम्पेसाल परिसरमा व्यवस्थापन गरिएको सहायक वन अधिकृत नेपालीले जानकारी दिनुभयो ।

     

    तस्वीर गुगल

    प्रतिक्रिया दिनुहोस