२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

सचेतना सँगै स्वास्थ्य सामाग्री वितरण गर्दै पाँचखाल जेसिज

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ८६८ पाठक संख्या
  • पाँचखाल जेसिजले कोरोनाको त्रासमा रहेका स्थानीयलाई सचेताना जगाउँदै स्वास्थ्य समाग्री वितरण गरेको छ ।

    पाँचखाल नगरपालिकामा बढि व्यस्त हुने ठाउँहरुमा कोरोना बारे सचेतना जगाउँदै मास्क र स्यानिटाईजर वितरण गरेको संम्भावित पाँचखाल जेसिजका अध्यक्ष दिलिप आचार्यले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पाँचखालका भिडभाड हुने ठाउँहरु समाजकल्याण चोक, पलाञ्चोक भगवती बजार, वडा नं १२ को रानीपानी क्षेत्रका ११ सय भन्दा बढिलाई मास्क र स्यानीटाईजर वितरण भएको हो । सोमवार पाँचखाल २ को अनैकोट तिनकुने क्षेत्रमा वितरण गर्ने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

    वितरण कार्यक्रममा पाँचखाल नगरका उपप्रमुख लक्ष्मी दनुवार, पाँचखाल वडा नं ३का वडा अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा, पाँचखाल वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठ, पाँचखाल जेसिजका कार्यकारीणी उपाध्यक्ष सुनिल लुईटेल, महासचिव राजाराम पौडेल, कानुनी सल्लाहकार यादव सापकोटा, कोषाध्यक्ष्य मनोज थापा, उपाध्यक्ष सरिता अधिकारी र सोबिता दाहाल , सदस्यहरु निराजन लुईटेल,रामेश्वर दाहाल, मनोज वजगाँई, मकर खत्री, बिष्णुकुमार श्रेष्ठ,श्याम सापकोटा, राममणि सापकोटा गोपाल श्रेष्ठ र जेसिज अभियानका सुवेच्छुक देवराज बञ्जारा , देवु पौडेल, सुदर्शन आचार्य ,बद्रीनाथ लुईटेल र माधव लुईटेल लगायतको सहभागीता रहेको थियो ।

     पाँचखाल नगरकाका प्रवक्ता संजय तामाङबाट स्वास्थ्य सामाग्री सहयोग

    जेसिज अभियानमा पाँचखाल नगरपालिकाका प्रवक्ता एवं वडा न ८ का अध्यक्ष संजय तामाङबाट २१ सय थान सर्जिकल मास्क सहयोग भएको थियो । जेसिजका कोषाध्यक्ष मनोज थापाको सहजीकरणमा प्रवक्ता तामाङले मास्क लगायत स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस