२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिन्धुपाल्चोक पहिरो अपडेट : २८ जना बेपत्ता, ३ को शव भेटियो

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ४६० पाठक संख्या
  • सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा २८ जना वेपत्ता भएका छन भने ३ शव फेला परेका छन् ।

    पहिरो गएको स्थानमा खोजी गर्दा ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनुमाया विक र ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो त्यस ठाउँका ११ वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको छ ।

    घटनास्थलमा नेस्थानीय, पाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

    यसैबिच सभामुख अग्नि सापकोटासहितको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको छ ।

    तस्वीर सौजन्य बजिरसिं भण्डारी

    प्रतिक्रिया दिनुहोस