२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

थिमी नगरपालिकामा एकै परिवारका तीनको रहस्यमय मृत्यु

  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ४४४ पाठक संख्या
  • भक्तपुरमा एकाघरमा तीन जना मृत अवस्थामा भेटिएका छन्।

    मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।

    घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् ।

    यद्यपि घटनाको विषयमा अनुसन्धान थालिएको तर विस्तृत विबरण आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस