२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मजदुरलाई खाना खुवाउँदै बिबिसि

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १०९१ पाठक संख्या
  • बनेपा/ धेरै दिन देखि अन्न नखाएका मजदुरहरुको सहजताका लागि बनेपा ब्वाईज क्लब बिबिसिले खाना खुवाउन थालेको छ ।

    कोभिड १९ को महामारीका कारण विभिन्न मजदुरी पेशामा आवद्ध भएका मजदुरहरुको लागि बनेपाको बसपार्कमा बिबिसीले खाना खुवाउने काम सुरु गरेको हो । रोगले भन्दा भभोकले नमरुन भन्ने उदेश्यले खाना खुवाउने तयारी भएको क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिनुभयो ।


    क्लबका अध्यक्ष कर्माचार्यका अनुसार क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसका कारण रोजगारी गुमाएर प्रत्यक्ष प्रभावमा परेका बनेपा नगरपालिका आसपासका नगरहरुका परिवारका लागि खाना खुवाउने कार्यक्रम संचाल गरिएको जानकारी दिनुभयो । अध्यक्ष कर्माचार्यले खाना खुवाउने काम बुधवार बाट शुरु भएको हो ।

    बुधवारबाट शुरु भएको खाना खुवाउने कार्यक्रममा दुई दिनमा २ सय १३ जना सहभागि भइसकेको क्लबका अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो ।
    खाना खुवाउने कार्यक्रमका लागि बिबिसी क्लबले बिभिन्न सहयोगी हातहरु मार्फत सहयोग जुटाएको छ ।

    कम्तिमा दैनिक १ सय जनालाई खानाको व्यवस्थापन गरिन लागिएको क्लबले जनाएको छ । बुधवार सोसाईटी फर इच अदरले खाना खुवाएको थियो । विहिबार शंखुका युवा प्रविण सापकोटाले आफ्नो दिवंगत बुवाको नाममा खाना खुवाउनुभएको थियो भने शुक्रवार (आज) प्रेमकुमार कर्माचार्यले आफ्नो दिवंगत बुबा आमाको सम्झनामा खाना खुवाउने कार्यक्रम छ । अध्यक्ष कर्माचार्यका अनुसार असोज ९ गते सम्मको लागि खाना खुवाउने सहयोगी हातहरु भेटिसकेको जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस