२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपामा ब्यक्ति पिच्छे गुट, बाँस्कोटाको क्षेत्रमा कचिंगल नै कचिंगल, सुबेदीले एमालेको संगठन बनाउने, छिन्ताङ दोहोरो चालबाजीगर्ने

  • २०७७ भाद्र २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ११९९ पाठक संख्या
  • बनेपा/नेकपाका नेताहरु ब्यक्ति पिच्छे गुट बनाउँदै हिँडे सँगै नेकपाका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाको क्षेत्रमा कचिंगल नै कचिंगल शुरु भएको छ । पछिल्लो समय नेकपा केन्द्रमा मिलेर जानेगरी कार्यदलको प्रस्ताब प्रस्तुतभएयताकाभ्रे नेकपामा पनि नयाँधारहरु देखापर्न थाले सँगै कचिंगल उत्पन्न भएको हो । खेमै खेमाले ध्वस्त बनेको नेकपा काभ्रेमायस अघि ओली खेमाका भनेर चिनिएका प्रदेश सांसद बसुन्धारा हुमागाईले आफुलाई बामदेब खेमाको परिचयदिनथालेको चर्चा छ । लुरु लुरु कामगर्ने स्वभाबका कारण जनताज्यादा, नेतृत्वमाकम सम्पर्क गर्नाले आउँदो चुनाबमा हुमागाईलाई टिकट नदिलाउने षडयन्त्रका तानामाना गोकुल गुटले बुनिरहेको खुल्दै आएको नेकपा निकट एक नेताले बताए ।

     

    पनौती क्षेत्रको राजनितिक खिचातानी कारण बसुन्धरालाई माइनस गर्ने दाउपेच भएको जानकारहरुले बताए । आफ्नो भन्दा बढि राजनितीक हाइट नबनाओस् र प्रदेश मन्त्री नबनोस् भनेर सभाषद् रामहरी सुबेदी नै हुमागाई लाई कमजोर पार्न लागेको बताइन्छ । पनौतीका मेयरले हुमागाईलाई प्रदेश सांसद भए यता उनलाई कुनैपनी स्थान र महत्व दिन नचाहेको पनौतीकै कार्यकर्ताहरु बताउँछन् । गतचुनाबको बेलाउनको पदकादाबेदार कुमार थापा र पार्टीको क्षेत्रीय अध्यक्षमा टोकबहादुर वाइबा गुटबाट प्रत्यासी बनेर हुमागाईलाई हराएका पत्रकार शुरेसहुमागाई समेत बसुन्धरालाई सक्काउने रणनितीमा रहेको बुझिएको छ । जातिय उम्मेदवारको पक्कड हुने काभ्रे क्षेत्र नम्बर १ को ख बाट उम्मेदवार भएर जितेका चन्द्र लामाको शैली चुनाब जिते पनि निर्माण ब्यबसायी भन्दामाथी नउठेको पूर्व एमालेको एक पक्षले बतायो । उनले भने उनको बिकल्पमाको उम्मेदवार हुने भन्ने बारे खासै छलफल नेकपामा चलेको देखिदैन ।

    धुलिखेलका रामकृष्ण हुमागाईले गत चुनावमा अशोक ब्याञ्जुलाई खुलेर समर्थन गरे पनि आउँदो स्थानीय निर्वाचनमा समर्थन नगर्ने बुझिएको छ । हुन त उनलाई भुमिआयोगको संयोजक बनाएर तिनबर्ष थन्क्याउने धुलिखेलका मेयर अशोक ब्याञ्जुले चाल चलिरहेको बताइन्छ । तिनबर्ष रामकृष्णलाई थन्क्याउन पाइयो भने आगामी बर्ष हुने चुनाबमा नेकपाका पूर्व एमाले तर्फ बाट प्रतिष्पर्धीनै नरहने हुनाले ब्याञ्जुले यो चालचालेको नेकपाका एक सदस्यले बताए । धुलिखेलमा अशोक ब्यान्जुले टिकट नपाउँदा पूर्व माओवादी खेमाका दिलसुन्दर टक्सारी र सुबास काजी माकाजु दाबेदार बन्न सक्ने भएपनी गतचुनाबमा अमेरिका बसेर अशोक ब्याञ्जुलाई जिताउन भित्री खेल खेलेका दिलसुन्दरलाई आरोप लागेको छ । त्यसैले दिल सुन्दर उम्मेद्वार बन्न सक्ने तर्फ पुर्व माओवादीहरु नै सन्तुष्ट नरहेको बुझिन्छ । अशोक ब्याञ्जु बिरुद्ध दाबीरामकृष्ण हुमागाईको मात्रपुग्ने कुरामापुर्व माओवादीपक्ष समेत सकारात्मक देखिएका छन् ।

    पार्टी एकता प्रक्रिया पुरा गर्ने क्रममा काभ्रे नेकपाको १ नम्बर क्षेत्रीय इन्चार्ज तोकिएका रामहरी सुबेदी भने पुर्व माओवादीको मात्र संगठन बनाउने भन्दै पनौतीमा कुर्ली रहेका छन् । सिंगो क्षेत्रको इन्चार्ज भएर एकतर्फी संगठन बनाउने सोच बोकेका रामहरी बिरुद्ध पनौती नगरकै पुराना एमालेहरु आक्रोसित देखिएका छन् । २ नम्बर क्षेत्रीय इन्चार्ज को जिम्मबारी पाएका इन्द्र बहादुर थिङ(छिन्ताङ) भने १ नम्बर क्षेत्रका मतदाता हुन् । गत चुनाबमा अत्याधिक समर्थन पाएर पनि टिकट पाउन बाट बञ्चित गरिएका पात्रहुन् । गत चुनाबको बदला पनि लिने र समानुपातीक (जनजाती) कोटा बाट सांसद बन्ने दाउ मिलाएर बाहिर लालध्वज भित्र गोकुल खेमा सँग साँठगाँठ गरिरहेको अपुष्ट श्रोत बताउँछ ।

    गएको चुनाबमा खानीखोलामा एमालेका कृष्ण खुलाल सँग पराजित भएका छिन्ताङ लाई पूर्व एमालेकै शेखर लामाले भित्रभित्रै सघाएता पनि उनले चुनाबजित्न सकेनन् । उनको यहि अवस्थामा खानीखोला फर्कने सम्भाबना समेत कम रहेको जिल्लाका माओवादी नेताहरु बताउँछन् ।२ नम्बरमा गोकुल बाँस्कोटाको क्षेत्र पर्ने १ नम्बरमा लालध्वज, बमध्वज र दिनानाथको प्रतिष्पर्धा हुनेहुँदा प्रतिष्पर्धाको तहमै नाम नआउने भएकाले प्रदेश १ ख मा चन्द्र लामा सँग उनको प्रतिष्पर्धा हुन सक्ने एक पूर्व माओवादी नेताले बताए । तर पनि गोकुलबाँस्कोटा सँग साँठगाँठ गरेर भित्री योजना बनाउन सके समानुपातीक सांसद बन्ने सम्भाबना पनि रहने र २ नम्बरमा पार्टी नेतृत्वपनि सहजै गर्न सकिने भएकाले यतिबेला छिन्ताङ मौन बसेको चर्चा छ ।

    उनले आफ्नो योजना सफलपार्ने उदेश्यले प्रदेश कमिटि सदस्य मिनबहादुर(ज्वाला)र जिल्ला कमिटि सदस्य दलमानथोकर(डिएम) सँग बसेर निरन्तर योजनाबनाएको र डिएमले आफ्ना मामा बमध्वज सँग सम्पर्क कायम गरी गोकुल सँग सरसल्लाह गराएको भएपनी हस्ताक्षर अभियानमा धोका दिएका बमध्वजलाई गोकुलले निर्णय सुनाइ नसकेको बताइन्छ । गोकुललाई छिन्ताङको संरक्षण गर्न नहुने भन्दै सतर्क गराउने पात्र पनिपूर्व माओवादीकै नेतारहेका जानकारका अनुसार, छिन्ताङ लाई स्पेश दिन नहुने काम विनोद गौतम र उनकी श्रीमती रिता ढकाल (धरिना) रहेका छन् । दिनानाथ सँग सुसम्बन्ध रहेका कारण गोकुल कित्तामा भएपनि बमध्वज मात्र उत्ता लागेको भएपनी यिनीहरु यतै बस्थे भनेर तिनले भने ।

    यसरी हेर्दा तत्कालका लागि काभ्रे क्षेत्र नम्बर १ चर्चाको स्थल नभएपनी २ नम्बर क्षेत्र जुन् गोकुल बाँस्कोटाको क्षेत्र हो यसमा कचिंगल चुलिएर गएको छ । ७० हजार मतल्याएर जितेर पुनः सांसद बन्छु भन्ने बाँस्कोटाको बनेपामै कुनै उम्मेदवार नरहेको वाइबा पक्ष बताउँछ । पार्टीमा योगदाननै नभएको र पैसाका भरमा सपना देख्ने केहीबाहेक गोकुलको योग्य मान्छे बनेपामा नरहेको उनिहरुको भनाइ छ । त्यसो त बनेपामा वाइबापक्ष बाट लम्बोधर कायस्थ देखि रघुबर चौप्रधान सम्मका पुराना नेतामेयरका दाबेदार छन् । पनौती आधा २ नम्बरमा पर्ने भएकाले पछि थपिएको २ नम्बर तिरनै मेयर बनाउन गोकुल लागे वाइबाले पनि नछोड्ने बताउँछन् । जसलाई पूर्व माओवादी धारको पनि समर्थन हुनेहुँदा कचिंगल पनौतीमा समेत देखिएको छ ।

    गोकुलका ५ नगर मध्ये सहज पाँचखाल भएपनी त्यसमा हाल काँग्रेसका मेयर हुन् र पार्टी अध्यक्ष रुकु चौलागाईको बसोबास क्षेत्र भएकाले सोचे जती अनुकुल गोकुललाई नभएको नेकपाका नेताहरुनै बताइरहेका छन् । त्यसमापनि अल्लारे केटाहरु बोकेर सिंगो पार्टीका नेता तथा कार्यकर्ता तह लगाउँछु र जित्छु भन्नुमा कति सत्यताहोला । यो कुरा समयले देखाउने नेकपाकै पुराना नेता तथा कार्यकर्ताहरु बताउँछन् । जिल्ला कमिटी मनोनयन भएपनि सचिवालय, विभाग र फ्रयाक्सनहरु बन्न सकेको छैनन् । जसलाई एमाले नेता, सांसद पूर्वमन्त्री गोकुल बाँस्कोटा र टोकबहादुर वाइबाको तानातानले अल्झाईरहेको छ । जिल्लाको कम्युनिष्ट राजनीतिमा हावीहुने इच्छा र आकांक्षाका साथ एक अर्का बिचमा कटाक्षका साथवाइबाको दाउपेचका शिकार यतिबेलाकाभ्रे नेकपा बनेको छ । ईञ्चार्ज र सचिवको चेपुवामा परेकीपुर्व माओवादी अध्यक्ष रुकु चौलागाई समस्यामा पुगेकी छन् ।

    पार्टीका तल्ला कमिटीहरु बनाएर जान असफल
    पार्टीका तल्ला कमिटीहरु बनाएर जान नेकपा काभ्रे असफल भएको छ । जनप्रतिनिधीहरु पार्टी नै हामीमात्रै हौं भने जसरी मनलाग्दी कुदेका छन् । पार्टीका नीति, विधि र पद्धति मिचेर कोरोनाको महामारीमा समेत कहिले मदन भण्डारी फाउण्डेशनको नाउँमा त कहिले हुँदै नभएको वडा पार्टी कमिटीको नाउँमा मान्छेको भिड बटुलेर कार्यक्रम गरेको पार्टी कै अधिकाँश नेताकार्यकर्ताहरु बटुलेर कार्यक्रम गरेको आरोप बिभिन्न नेताहरुलाई लाग्ने गरेको छ । गोकुलबाँस्कोटा गुटका अघिपछि लाग्नेहरुको रवैयाले भित्रभित्रै तातिएका नेकपाका कार्यकर्ताहरुकै अर्काे समूह र यिनीहरु बिचमा मुठभेड समेत नहोलाभन्न सक्ने स्थिति जिल्लाका नेतातथाकार्यकर्ताहरु पुगेको एक जानकारले बताए ।

    हाम्रो इन्द्रावती साप्ताहिकमा प्रकाशित समाचार साभार

    प्रतिक्रिया दिनुहोस