२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पत्रकार राजाराम कार्कीमाथी आक्रमण, धुलिखेल अस्पतालमा सिटिस्क्यान हुँदै

  • २०७७ भाद्र २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३२७७ पाठक संख्या
  • नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघका सदस्य, राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता तथा रासस सेवाग्राही प्रमुख राजाराम कार्कीमाथी आक्रमण भएको छ ।

    उहाँलाई सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी नेपाल प्रहरी स्कुल साँगामा नेपाली विषय शिक्षकका रुपमा कार्यरत उद्धव कार्कीले विहान ९ बजेको समयमा बनेपा नगरपालिका अगाडी बसपार्क छेउमा आक्रमण गरेका थिए ।

    चामुण्डा हार्डवयरमा घरायसी प्रयोजनका लागि सामाग्री किनिरहेको अवस्थामा एक्कासी पछाडीबाट लछारपछार गरी हेलमेटले प्रहार गरी टाउकै टाउकोमा हानेर गम्भिर घाईते बनाएको पत्रकार कार्कीले जानकारी गराउनुभयो । कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

    नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले जानकारी दिनुभए अनुसार कार्कीको टाउकोको सिटिस्क्यान भैरहेको जानकारी दिनुभयो ।

    पत्रकार कार्की माथी आक्रमण गर्ने उद्धवलाई कानुनी कार्बाहीको माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे, नेपाल प्रेस युनियन काभ्रे तथा नेपाल ट्रेड युनियन काभ्रेले छुट्टा छुट्टै विज्ञप्ती निकालेका छन् ।

    प्रतिक्रिया दिनुहोस