२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रचण्डका घरबेटीलाई कार्बाही गर्ने विप्लव समूहको चेतावनी

  • २०७७ भाद्र २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • ८४७ पाठक संख्या
  • काठमाडौं / लामो समय सुसुप्त देखिएको भूमिगत विद्रोही विप्लव समूह फेरि जाग्न थालेको छ ।

    विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै किसानहरुलाई ठग्ने, मलको ठेक्का लिएर किसानलाई उपलब्ध नगराउने ठेकदार (प्रचण्डका घरबेटी) समेत लाई कार्बाहि गर्ने चेतावनी दिएका छन् । कि सरकारले कार्बाही गरोस, गर्न सक्दैन भने हाम्रो पाटीले कार्बाही गर्छ ।’–विज्ञप्तीमा भनिएको छ ।

    किसानहरु मल अभावले छटपटाइरहेका छन्,’ विप्लव समूहको विज्ञप्तीमा भनिएको छ, ‘‘वर्षेबालीका निम्ति आवश्यक पर्ने मल आपूर्तिको निम्ति भनेर सरकारले पौष–माघ महिनामा ठेक्का आह्वान गरेर सरकारी नेकपा र नेपाली कांग्रेसका नेताहरुका रक्षाकवच शैलुङ कस्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी (प्रचण्डका घरबेटी) र होविको मल्टीपल कम्पनीका होमनाथ कोइरालालाई कथित सस्तो दरमा मल आपूर्ति गर्ने नाटकमा ठेक्का दियो । जुन कम्पनी निर्माण क्षेत्रमा दर्जनौं पुल र सडकहरु वर्षौंसम्म अलपत्र पार्ने कम्पनी हुन् भने ठेकदारहरु राज्यको ढुकुटी लुटेर नेता र आफ्ना व्यक्तिगत सम्पतिमा बदल्ने भ्रष्ट, कमिसनखोर र बदनाम तत्वहरु हुन् ।’

    विप्लव समूहले रेल्वे ठेक्कामा चासो दिएको छ । पूर्वपश्चिम रेलमार्गको परियोजनाका नाममा काँकडभिट्टा–इनरुवा खण्डमा माटो भर्ने योजना सरकारको यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवं आर्थिक मूल्यांकनविनै लगाएको उसको आरोप छ ।

    ‘शर्मा एण्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ्ग लामालगायतको गिरोहले ६ अर्बभन्दा माथिको कमिशनको खेल र सेटिङ्गमा नेपाली जनताको सम्पत्ति लुटखसोट गर्ने डिजाइन गर्दा र सञ्चारमाध्यममा छताछुल्ल हुँदासमेत सरकार नसुने नदेखेझैं गरिरहेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी भ्रष्टाचार काण्डलाई समेत माथ गर्ने रेल भ्रष्टाचार र कमिशन काण्ड कुनै पनि मूल्यमा सैह्य नहुने कुरा हाम्रो पार्टी स्पष्ट पार्दछ ।’

    विज्ञप्ती यस प्रकार छ ।

    प्रतिक्रिया दिनुहोस