२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेका चारवटा कार्यालय अनिश्चितकालका लागि बन्द

  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ४२८ पाठक संख्या
  •  

    काभ्रेका चारवटा सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लागि ती कार्यालय बन्द भएको छ ।

    जिल्लाका सरकारी कार्यालयहरु राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन), घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय बाणिज्य बैक धुलिखेल शाखा र स्वास्थ्य चौकी काभ्रे भञ्ज्याङ्ग अनिश्चितकालको लागि बन्द हुने भएका हुन ।

    आयोजना कार्यान्वयन इकाई (भवन) मा कार्यरत महिला कर्मचारीका कोरोना पुष्टि भउको थियो । आयोजना कार्यान्वयन इकाई (भवन) मा भक्तपुर र काभ्रेको कार्यालयमा कार्यरत रहेकाले उनको सम्पर्क धेरै ब्यक्तिसँग हुने भएकोले दुबै कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

    त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय काभ्रेमा प्रशासनमा कार्यरत एक जना कर्मचारीमा संक्रमण देखिएको थियो । श्रीमान घरेलु तथा साना उद्योग कार्यालय र श्रीमती स्वास्थ्य चौकीमा कार्यरत रहेकाले दुबैमा मिल्दाजुल्दा लक्षण थिए । तर श्रीमान विरामी नै भएकाले स्वाव परिक्षणका लागि दिएर पनि विभिन्न अस्पतालमा उपचारका लागि धाईरहेका थिए । ती व्यक्तिलाई कोरोना पोजेटिभ देखाएपछि घरेलु तथा साना उद्योग कार्यालय अनिश्चितकालका लागि बन्द भएको कार्यालय प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।

    राष्ट्रिय बाणिज्य बैक धुलिखेलमा कार्यरत एकजना कर्मचारीमा पनि संक्रमण देखिएसँगै अनिश्चितकालका लागि बैकको सेवा बन्द गरिएको छ । बाणिज्य बैंकले भने अन्य कर्मचारीहरुको परिक्षण गरेर संक्रमण भए नभएको पुष्टी नहुँदासम्म कार्यालय बन्द हुने जनाएको छ ।

    स्वास्थ्य चौकी काभ्रे भञ्ज्याङ्गमा कार्यरत कर्मचारीमा पनि संक्रमण देखिएकाले अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ ।

    यस अघि नै जिल्ला कमाण्ड पोष्टले केहि साता अघि नै जिल्लामा अत्याधिक ब्यस्त रहने ती कार्यालय मालपोत, नापी र आन्तरिक राजश्व कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस