२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना बीमाको लागि निजी ल्याबको रिपोर्ट अमान्य

  • २०७७ भाद्र १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३४७ पाठक संख्या
  • काडमाडौं । कोरोना भाइरस महामारी बढिरहँदा लाखौं नेपालीले यसको बीमा गरेर आर्थिक पाटोमा ढुक्क हुन चाहेका छन् । तर, बीमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बीमा दावी भुक्तानी पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।

    कोरोना बीमाको नयाँ मापदण्ड बनाउँदै समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिने बताएको हो । यो मापदण्ड लागू भए निजी ल्याबमा परिक्षण गरेर पोजेटिभ आएकाहरुले बीमा दावी भुक्तानी पाउने छैनन् ।

    समितिले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तरर्गतका निकायबाट पीसीआर गर्दा कोरोना भाइरस संक्रमण देखिएमात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई भनेको छ । जबकि सरकारले नै विभिन्न ल्याबहरुलाई कोरोना परीक्षणका लागि मान्यता दिएको छ ।

    तर, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भने निजी ल्याबको रिपोर्ट ‘फेक’ हुने गरेको उजुरी आएपछि यस्तो निर्णय लिइएको बताउँछन् ।
    अहिलेसम्म १२ लाखभन्दा धेरैले कोभिड बीमा गराइसकेका छन् । जसमा ६ सय जनाको मात्रै दावी भुक्तानी परेको छ ।

    प्रतिक्रिया दिनुहोस