२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

थप १० जनामा कोरोना संक्रमण, जिल्लामा २ सय ७५ पुग्यो

  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ५५० पाठक संख्या
  • काभ्रेमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ ।

    आज सोमवार धुलिखेल अस्पताल प्रयोगशालामा भएको स्वाब परीक्षणमा धुलिखेल अस्पतालमा कार्यरत ४ जना, धुलिखेलका १ जना नागरिक र पनौती नगरपालिकाका १ जना गरी ६ जना नागरिकमा कोरोना संक्रमण देखिएको हो । ६ जना मध्ये ४ महिला र २ पुरुष छन् ।

    त्यस्तै हिजो आईतवार राती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणमा शिर मेमोरियल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र विरामी गरी ३ जना महिला तथा राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा भुम्लु गाउँपालिकाका १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार यो समेत काभ्रेमा कोरोना संक्रमितको संख्या २ सय ७५ पुगेको छ । त्यसमध्ये १ सय ३ जना उपचार पश्चात घरर फर्किएको, २ जनाको मृत्यु भएको तथा बाँकीको विभिन्न अस्पताल तथा नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा उपचार भैरहेको छ ।

    प्रतिक्रिया दिनुहोस