२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विराटनगरका कुनै अस्पतालले भर्ना गर्न नमानेपछि खाना सर्केको विरामीको मृत्यु

  • २०७७ भाद्र १४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ७१९ पाठक संख्या
  • विराटनगर । कोरोना संक्रमणको जोखिम देखाउँदै विराटनगरका अस्पताल उपचार गर्न पन्छिँदा उदयपुरकी एक महिलाको मृत्यु भएको छ ।

    शनिबार साँझ भात सर्किएर बेहोस भएकी उदयपुरको चौदण्डीगढी नगरपालिका– ६ की ६५ वर्षीया डम्बरकुमारी बस्नेतको विराटनगरका अस्पतालले भर्ना नगर्दा आइतबार बिहान मृत्यु भएको हो ।

    छिमेकी डिल्लीराम खतिवडाका अनुसार शनिबार साँझ खाना खाने क्रममा भात सर्किएपछि महिला बेहोस भएकी थिइन् । लगत्तै आफन्तले बेल्टारमा रहेको प्राथमिक स्वास्थ्य चौकी लगे । स्वास्थ्य चौकीले अवस्था गम्भीर भएकाले विराटनगर रिफर गर्‍यो ।

    विराटनगरको विराट नर्सिङ होम लगायत सातवटा अस्पतालले भर्ना गर्न मानेनन् । त्यसपछि गोल्डेन अस्पताल, विराट मेडिकल कलेजमा समेत भर्ना नलिएपछि विराटनगरको म्याक्स अस्पताल, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताल र ग्रिन क्रस अस्पताल धाए । इमर्जेन्सी विभाग बन्द भन्दै नोबेलले बिरामी नल्याउन भन्यो । कोशी अस्पतालमा भेन्टिलेटर नभएकाले भर्ना गर्न मानेन ।

    एकपछि अर्को अस्पतालले भर्ना नलिएपछि आफन्तले हार माने र राति साढे २ बजे घर फर्किए । घर पुगेको केही घण्टापछि उनको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस