२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना संक्रमित मृतकमध्ये ८० प्रतिशत ४० वर्षमाथिका

  • २०७७ भाद्र १४, आईतबार मा प्रकाशित ३ साल अघि
  • १०११ पाठक संख्या
  • काठमाडौँ / मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ जना पुगेको छ ।

    मृतकमध्ये ८० प्रतिशतभन्दा बढी ४० वर्षमाथिका छन् । कुल संक्रमितमा ०.५५ प्रतिशत मृत्युदर देखिएको छ । यसअघि भदौ १ गते संक्रमितमध्ये मृत्युको प्रतिशत ०.३९ थियो । समुदायमा संक्रमण बढ्न थालेपछि मृत्युदर बढेको विज्ञहरूले बताएका छन् ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले हालसम्म ८०.१९ प्रतिशत अर्थात् १ सय ६६ जना ४० वर्षमाथिकाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार ४० वर्षमुनि उमेर समूहका ४१ जनाको मृत्यु भएको छ ।

    सबैभन्दा बढी प्रदेश २ मा ८१ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश १ मा २४, वाग्मती प्रदेशमा ४८, गण्डकी प्रदेशमा १२, प्रदेश ५ मा २८, सुदूरपश्चिम प्रदेशमा १० र सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस