२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

एम्बुलेन्सले नमानेपछि बिरामीलाई शव वाहनमा अस्पताल

  • २०७७ भाद्र १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • २७६ पाठक संख्या
  • बुटवल /कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमानेपछि शव वाहनमा अस्पताल पुर्‍याइएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का ४८ वर्षीया संक्रमितमा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल लगिएको हो।

    संक्रमितका आफन्तले सुरुमा कोरोना विशेष अस्पताल बुटवलको एम्बुलेन्सलाई फोन गरे। एम्बुलेन्सले व्यस्त रहेको बताएपछि अन्य संघसंस्थाका एम्बुलेन्सका चालकलाई फोन हाने। तर कसैले पनि कोरोना संक्रमित बोक्न मानेनन्।

    बुटवलमा आइसियु उपलब्ध नभएपछि उनलाई चितवन मेडिकल कलेज पुर्‍याउनु थियो। एम्बुलेन्सले नै नमानेपछि उनीहरु समस्यामा परे। आफन्तमार्फत अन्ततः शव वाहन फेला पारे। त्यो पनि चालक बिनाको। बुटवल उपमहानगरपालिकाले हालै खरिद गरेको शव वाहन संक्रमितकै छोराले चलाएर चितवन पुर्‍याए। ‘अन्य विकल्पै नभएपछि जिउँदो बुवालाई शव वाहनमा बोक्नु पर्‍यो’, आफन्तले भने,‘सबैभन्दा ठूलो त ज्यान बचाउनु नै थियो।’

    एम्बुलेन्सले कोरोना संक्रमित बिरामी बोक्नै नमान्दा समेत प्रशासनले कुनै कदम चालेको छैन। दुई साता अघिमात्रै एक कोरोना संक्रमित गर्भवतीलाई एम्बुलेन्सले बोक्न नमान्दा उनीहरु निजी गाडीमा नेपालगञ्ज पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस