२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेका पत्रकारमा पहिलोपटक कोरोना पुष्टि

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ११०४ पाठक संख्या
  • काभ्रेका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । हातको उपचार गराउन काठमाण्डौ स्थित बीर अस्पताल पुग्नुभएको उहाँको कोरोना परीक्षण हुँदा पोजेटिभ देखाएका हो ।

    ट्रमा सेन्टरले अपरेसनका लागि स्वाब परीक्षणको रिपोर्ट ल्याउन आग्रह गरेपछि परीक्षण गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएको उहाले जानकारी दिनुभयो ।

    ४३ बर्षिय संक्रमित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमित पत्रकार होम आइसोलेसनमा बस्नुभएको छ ।

    मिडियाचोक डटकम उहाँको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

    प्रतिक्रिया दिनुहोस