२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

महाराजगंज वृत्तका २२ प्रहरीलाई कोरोना

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ९११ पाठक संख्या
  •  

    काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो । त्यसमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको हो ।

    अधिकांशलाई प्रहरी अस्पतालमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस