२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भुम्लु गाउँपालिकाका चार संक्रमित कोराना जितेर घर फर्किए

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • ३३३ पाठक संख्या
  • काभ्रेपलाञ्चोक/ भुम्लु गाउँपालिकाका चार जना कोरोना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।

    धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत चारजना कोरोना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । दोस्रोपटकको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उहाँहरु घर फर्कनु भएको हो । घर फर्किएपछि उहाँहरु १४ दिनको होम क्वारेन्टिनमा अनिवार्य बस्नेछन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार उहाँहरु घर फर्कनु भएको हो ।

    भुम्लु गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुंवरले उहाँहरुलाई अस्पतालबाट घरसम्म लिएर जान गाउँपालिकाले एम्बुलेन्स पठाएको बताउनुभयो । उहाँले अब अस्पतालमा तीन जनाको उपचार भैरहेको बताउनुभयो । उहाँले भुम्लु कोरोनाको उच्च जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहेक घर बाहिर नआउन, मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गर्नुभयो ।

    भुम्लु गाउँपालिकामा हालसम्म ८ जना र मण्डनदेउपुरको स्थायी घर भएर भुम्लु बस्ने एक जनाको कोरोना संक्रमण देखिएकोमो धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बुधबार कोरोना जितेर घर फर्किएका एउटै बडाका व्यक्तिहरु हुन् । हिजो कोरोना देखिएको कर्मचारी पाँचखाल नगरपालिकाको आइसोलेशनमा र उहाँका परिवारका सदस्यहरुका क्वारेन्टाइनमा बस्नु भएको स्वास्थ्य शाखाका प्रमुख सुर्दशन भट्टराइले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस