२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा कोरोना संक्रमितको कन्ट्याकमा आएका सबैको रिपोर्ट नेगेटिभ

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • १२१६ पाठक संख्या
  • काभ्रेपलाञ्चोक/पाँचखालमा कोरोना संक्रमितहरुको कन्ट्याकमा आएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

    पाँचखाल ४ की महिलामा कोरोनो देखिएपछि उहाँ सँग कन्ट्याकमा रहेकाहरुको कोरोना टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको पाँचखाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ती महिलाको कन्ट्याकमा आएका १० जनाको धुलिखेल अस्पतालमा कोरोना परीक्षण गर्दा रिपोर्ट निगेटिभ आएको हो । भाद्र ७ गते कोरोना पोजेटिभ देखिनुभएको उक्त महिला पाँचखाल नगरपालिकाले सञ्चालन गरेको आईसोलेशनमा उपचाररत हुनुहुन्छ । उहाँ सँगै भुम्लु गाउँपालिकामा कार्यरत स्वास्थ्य प्राविधिक पनि नगरकै आसोलेशनमा उपचाररत हुनुहुन्छ ।

    यस अघि नगरपालिकामा कोरोना देखिएका पाँचखाल वडा नं १ को महिलाको कन्ट्याकमा आएका सबै तथा विधुत प्राधिकरणमा कार्यरत कर्मचारीको कन्ट्याकमा आएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आईसकेको छ ।

    कसरी र कुन ठाउँमा कोरोना आएको भन्न नसकिने हुँदा सबै जना सचेत भएर बसिदिनुहुन पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले आग्रह गर्नुभएको छ । अनावश्यक बजार तिर नहिडिदिनु हुन तथा आवश्यक पर्दा मास्क लगाएर तथा सुरक्षा अपनाएर मात्र हिडिदिनुहुन अनुरोध गर्नुभएको छ ।

    पाँचखाल वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामाले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै कोरोना संक्रमित सँग कन्ट्याकमा आएका व्यक्तिहरुमा कोरोना रिपोर्ट नेगेटिभ आएपनि आवश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ,–‘वडा नं ४ अन्य वडा भन्दा सहरीकरण भयको र धेरै मानिसको आवत जावत हुने भयकोले धेरै सचेत रहनु पर्नी भको हुनाले तपाईं हामी सबै मिलेर सबैलाई सचेत बनाउ र सजक हौ ।’

    प्रतिक्रिया दिनुहोस