२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

मण्डनदेउपुरका वडा अध्यक्षले १२ दिनमै कोरोना जित्नुभो

  • २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • ६१३ पाठक संख्या
  • काभ्रेपलाञ्चोक/ १२ दिन अघि कोरोना संक्रमण देखिएर अस्पताल भर्ना हुनुभएको मण्डनदेउपुर नगरपालिका वडा नं १२ का वडा अध्यक्ष कोरोनालाई जितेर घर फर्कनुभएको छ ।

    उहाँलाई गत साउन २८ गते कारोना संक्रमण भएको थियो । साउन २९ गते देखि धुलिखेल अस्पतालमा उपचार गराईरहनुभएका उहाँ आज (सोमवार) कोरोनालाई जितेर घर फर्कनुभएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो । डा. झाका अनुसार वडा अध्यक्षमा कोरोनाको कुनै पनि लक्ष्यण समेत देखिएको छैन् । काभ्रेमा जनप्रतिनिधि हरु मध्ये उहाँमा संक्रमण पुष्टि भएको थियो ।

    उपचारबाट फर्कने वित्तिकै उहाँले सामाजिक सञ्जालमा सतर्क भएर कोरोनाबाट अरुलाई पनि बचाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,–‘मलाई उपचार गर्ने डाक्टर ,नर्स तथा फोन गरेर आत्मवल बढाउने साथीहरु आफन्त तथा शुभचिन्तकहरु, सामाजिक सञ्जाल मार्फत उर्जा थप्नु हुने सबै –सबै मा हार्दिक धन्यवाद दिन चाहान्छु। साथै सतर्क भएर कोरोनाबाट अरुलाई पनि बचाउन आफु आजैबाट अगाडि बढ्ने प्रतिबद्धता जनाउदै फेरि पनि सामाजिक दायित्व पूरा गर्न पाईलाअगाडि बढाउने छु।’

    काभ्रेमा १ सय ४५ संक्रमित मध्ये उहाँ सहित हालसम्म ६२ जनाले कोरोना जितिसक्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस