२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा एकै दिन ३५ जना स्वास्थकर्मी, कर्मचारी र विरामीमा देखियो कोरोना

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • ६०३ पाठक संख्या
  • काभ्रेपलाञ्चोक जिल्लामा एकै दिन दुई अस्पतालका ३५ जना स्वास्थकर्मी,कर्मचारी र विरामीमा कोरोना देखिएको छ ।

    बनेपा नगरपालिका वडा नम्वर १३ मा रहेको स्पाईनल इन्जुरी अस्पताल बनेपामा २३ र धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी १२ जनामा कोरोना संक्रमण देखिएको हो । स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी, उपचाररत रहेका विरामी समेत गरी २३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेमा प्रमुख डा नरेन्द्र झाले जानकारी दिनुभयो ।

    स्पाईनल इन्जुरीमा ५९ जनाको परिक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टी भएको हो । त्यस्तै धुलिखेल अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि १४ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।

    यो सँगै जिल्लामा संक्रमण हुनेहरुको संख्या १ सय ३९ पुगेको छ । जस मध्ये ४३ जना निको भएर घर फर्किसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस