२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

समुह निर्माण गरी पठनपाठन, बिद्यार्थी र अभिभाबकमा खुसी

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • ७२८ पाठक संख्या
  • काभ्रेपलाञ्चोक (खानिखोला)/ खानिखोला गाउँपालिका वडा नम्बर ७ स्थित मिल्चेमा नाङशाल एशोसिएसन नेपालकाे सहयोगमा विद्यालयहरुले प्रत्येक टोल र बस्तिमा समुह निर्माण गरि कक्षा संचालन गरेसँगै स्थानीय बिद्यार्थी र अभिभाबकहरुमा खुसीयाली छाएको छ ।

    खानीखोला गाउँपालिका वडा नम्बर ७ स्थित मिल्चेका  ९वटा विद्यालयमा ३३ क्षेत्र विभाजन गरि ४ सय ६४ जना बिद्यार्थीहरुलाई पठनपाठन गरिएको परियोजना संयोजक राजनप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार वि वल्र्ड अनलसको आर्थिक सहयोग र नाङ्शाल एशोसिएसन नेपाल को समन्वयमा संचालित र “ गुणस्तरिय आधाभुत शिक्षा र वालअधिकार प्रबद्धन परियोजना ” द्धारा उक्त कक्षा शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार पारेको पाठ्यक्रम अनुसार किताब निर्माण गरि संचालन गरिएको संयोजक पौडेलले बताउनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको स्वाध्ययन सामाग्री विवल्ड्रको सहयोगमा नाङ्शाल एशाेसिएसन नेपालकाे सहयोगमा विद्यालयहरुले टाेलटाेलमा कक्षा सञ्चालन गरेको हाे । स्व अध्ययन सामाग्री खानिखाेला र बेथानचाेक दुईवटै गाउपालिकाकाे सम्पुर्ण विद्यालयहरुलाई छपाई गरि पठाएको छ । संस्थाले दिएको जानकारी अनुसार, ४५ दिनको कोर्स निर्माण गरी प्रत्येक दिन १ घण्टाको कक्षा संचालन गरिएको छ  ।

    विज्ञसहितको उच्चस्तरीय समितिको सुझावका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक सिकाइ प्रणालीलाई मान्यता दिएसँगै संस्थाले कक्षा संचालन गरेको संस्थाका अध्यक्ष दिनेश लामाले बताउनुभयो । मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बनाएको उक्त स्वअध्ययन पुस्तकमा रेडियो सुनेर गराउन सकिने गृहकार्य बारे स्रोत सामग्री उपलब्ध गराएको बताइएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी यही असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो । निर्देशिकामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन सकिने जनाइएको छ । यसै अनुसार वि वल्र्ड अनलसको सहयोगमा नाङ्शाल एशोसिएसन नेपालले कक्षा संचालन गरेको संस्थाका अध्यक्ष लामाले जानकारी दिनुभयो ।


    नेपाल सरकारले सबै किसिमको प्रविधिको पहुँच भएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहहरुमा वर्गीकरण गरी उनीहरुलाई त्यही परिवेश अनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ । यसै अनुसार संस्थाले पनि काम अगाडी बढाएको हो । तर कोभिड १९ को बढ्दो अवस्था लाई मध्यनजर गर्दै हाल लाई १५ दिन संचालन पश्चात केही समयका लागि सामुदायिक कक्षा बन्द गरिएको संस्थाका कार्यकारी निर्देशक गुणराज मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार रेडियोबाट भइरहेको कक्षा भने संचालन नरोकिने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस