२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

कोरोना महामारी नियन्त्रण हुन दुई वर्ष लाग्ने विश्व स्वास्थ्य संगठनको भनाई

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • ४१० पाठक संख्या
  • एजेन्सी/विश्व स्वास्थ्य संगठनले दुई वर्षभित्रमा विश्वबाट कोरोना भाइरस महामारी नियन्त्रण हुनसक्ने बताएको छ ।

    संगठनका प्रमुख डा। टेड्रोस एडनोम गेब्रियससले शुक्रबार सन् १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना भाइरसको महामारी छिटो नियन्त्रणमा आउने बताएका हुन्।

    विश्व भूमण्डलीकरण र सबै देशहरुको एक अर्कासँगको सहज सम्पर्कका कारण भाइरस तीव्र रुपमा फैलिएपनि आधुनिक प्रविधि, उपचारका कारण पनि स्पेनिश फ्लूभन्दा छिटो कोरोना संकट टर्न सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    स्पेनिस फ्लू सन् १९१८ को फरवरीबाट सन् १९२० को अप्रिलसम्म विश्वभर फैलिएको थियो। यस महामारीबाट विश्वभर करिब दुई करोड मानिसको मृत्यु भएको थियो।

    अहिले कोरोना संक्रमणबाट करिब आठ लाख मानिसको मृत्यु भइसकेको छ भने २२ मिलियनभन्दा बढी संक्रमित छन्।

    प्रतिक्रिया दिनुहोस