२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

नेपालमा कोरोना संक्रमित संख्या ३० हजार ४८३ पुग्यो, हालसम्म १८ हजार २१४ जना डिस्चार्ज

  • २०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ४७० पाठक संख्या
  • पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । शुक्रबारमात्र २५० जना डिस्चार्ज भएका मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

    आज थपिएका कुन जिल्लामा कति ?

    मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १४२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जना संक्रमित देखिएका छन् ।

    नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४ जना, जना, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६/६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४/४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३/३ जना रहेका छन् ।

    उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २/२ जना संक्रमित थपिएका छन् ।

    ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा १/१ जना रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस