२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोनाबाट थप ६ जनाको मृत्यु

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३५१ पाठक संख्या
  • बिहीबार नेपालमा कोभिड १९ संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

    काठमाडौंमा १ जना महिला मकवानपुरमा १ जना पुरुष सप्तरीमा १ जना पुरुष र पर्सामा १ जना पुरुष र २ जना महिला गरी ६ जनाको मृत्यु सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।

    विगत २४ घण्टामा नेपालमा ७ सय ७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये १ सय ९२ जना महिला र ५सय १५ जना पुरुष छन् । काठमाडौं उपत्यकामा २ सय जना संक्रमित थपिएका छन् ।

    काठमाडौं जिल्लामा मात्र १ सय ७४ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ८ जना थपिएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ । आईसीयुमा भएका विरामीको संख्या १ सय २९ जना र भेन्टिलेटरमा ७ जनाको उपचकार भइरहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस