२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ

  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • ३८३ पाठक संख्या
  • म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिसम्म छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

    दुई दिनअघि मङगोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो ।

    मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस