२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रहरी डिउटीमा हुँदा फेस सिल्ड अनिवार्य

  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ३ साल अघि
  • ६०७ पाठक संख्या
  • हेटौडा/बागमती प्रदेश प्रहरी कार्यालयका प्रत्यक्ष मातहतमा रहेका प्रहरी कर्मचारीहरु सबैले संक्रमण जोखीमलाई कम गर्न सोमवारबाट फेस सिल्ड लगाएर डियुटी गर्न शुरु गरीएको छ ।

    बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका ५ हजार ७ सय ६६ जना प्रहरी कर्मचारीहरु सबैलाई फेस सिल्ड उपलब्ध गराई फिल्डमा डियुटी गर्दा अनिवार्यरुपमा लगाएर डियुटी गर्ने व्यवस्था मिलाईएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई साउन मसान्त सम्म फेस सिल्ड वितरण गरीसकेको थियो । सबै प्रहरी कर्मचारीहरुमा एकरुपता ल्याउन फेस सिल्डमा प्रहरीको लोगो र “बागमती प्रदेश प्रहरी” लेखीएको छ ।

    डियुटीमा खटिने प्रहरी कर्मचारी धेरै जनासंग सम्पर्कमा आउनु पर्ने भएकाले प्रहरी कर्मचारीहरुलाई संक्रमण हुनबाट जोगाउन र प्रहरी कर्मचारीहरुबाट अन्य ब्यक्तिमा संक्रमण नफैलियोस भन्ने उद्देश्यले बागमती प्रदेश अन्तर्गत कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई फेस सिल्ड उपलब्ध गराईएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले जानकारी दिनुभयो । उहाँले हरेक प्रहरी कर्मचारीलाई फेस सिल्ड उपलब्ध गराई डियुटीमा बस्दा मास्क, फेस सिल्ड लगाई डियुटी गर्न निर्देशन समेत दिनुभएको छ ।

    प्रहरी कार्यालयमा हुन सक्ने संक्रमण जोखीमलाई न्युनिकरण गर्न पक्राउ परेका ब्यक्तिहरुका साथै संक्रमण जोखिममा कार्यरत प्रहरी कर्मचारीहरुलाई अनिवार्य पिसिआर टेष्ट गर्ने व्यवस्था मिलाईएको समेत लामाले जानकारी दिनुभयो ।

    (बनेपा ४ दोवाटोमा फेस सिल्ड लगाएर डिउटी गर्दै प्रहरी । तस्वीर : मोतिराम तिमल्सिना)

    प्रतिक्रिया दिनुहोस