२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मानसिक तनाव कम गर्न पाँचखाल क्वारेन्टाइनमा योगा, सकारात्मक सोच लिनुस : नगरप्रमुख खरेल

  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ३ साल अघि
  • ६२० पाठक संख्या
  • पाँचखाल/ पाँचखाल नगरपालिकाको सञ्चालनमा रहेको क्वारेन्टाईनमा रहेकाहरुलाई मनोपरामर्स तथा योगा सिकाईएको छ ।

     

    पाँचखाल नगरका नगरप्रमुख महेश खरेल तथा पाँचखाल पतञ्जली योग टिमले क्वारेन्टाईनमा रहेका व्यक्तीहरुलाई ताजगी दिन क्वारेन्टाईन स्थलमानै योगा सिकाउनुभएको थियो । नगरप्रमुख खरेलले धेरै ठाउँमा भेदभाग भएको, छि छि दुर्दुर गर्ने, कुनै ठाउँमा डिप्रेसनमा आएर केहि गलत काम भएको मिडिमाहरुमा पढेपछि उहाँहरुलाई मानसिक तनाव नहोस भन्नका लागि यो कार्य गरेको बताउनुभयो ।

    नगर प्रमुख खरेलले क्वारेन्टाईनमा बसिदिनुभएर समुदाय र घर परिवार तथा नगरपालिकालाई सुरक्षित बनाउन योगदान दिनुभएकोमा धन्यवाद समेत दिनुभयो । १४ दिन क्वारेन्टाईनमा बस्दा तथा सामाजिक सञ्जालहरु हेर्दा दिमागमा नकारात्मक कुराहरु आउन सक्ने भएकोले त्यसलाई सकारात्मक बनाउन सहयोग पु¥याउने उदेश्यले योगा कार्यक्रम राखिएको जानकारी दिनुभयो । १४ दिन क्वारेन्टाईनमा बसेर बाहिर गईसकेपछि सकारात्मक सोच गाउँमा र परिवारमा लिएर जान सहयोग पुगोस भनेर योगा सिकाईएको बताउनुभयो ।

     

    क्वारेन्टाईनमा अब प्रत्येक दिन योगा सिकाईने पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस