२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल, नमोबुद्ध, पनौती, बनेपा तथा मण्डनदेउपुरमा पनि अत्यावश्यक वाहेकका सेवा बन्द

  • २०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ५९२ पाठक संख्या
  • नेपालमा कोरोना भाईरसको महामारी बढ्दै गएको तथा काभ्रेका धेरै स्थानीयतहहरुमा कोरोना संक्रमितो दर बढ्दै गएपछि काभ्रेका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।

    जिल्लाका पाँचखाल नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपािलका, बनेपा नगरपालिका र मण्डनदेउपुर नगरपालिकाले नगरवासिहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर राख्दै नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुबाट प्रवाह गर्ने अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु एक हप्ता बन्द गर्ने जनाएका हुन । यस अघि विहिबार धुलिखेल नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द भएको जानकारी गराईसकेको छ ।

    प्रतिक्रिया दिनुहोस