२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा कोरोना अपडेट: संख्या ८ पुग्यो

  • २०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३७३ पाठक संख्या
  • काभ्रेमा थप ६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

    शुक्रवार थपिएकाहरुमा रामेछाप घर भई वनेपा बस्ने ५७ वर्षका पुरुष १, वनेपा९ बस्ने ५४ वर्षका पुरुष १ , वनेपा ७ बस्ने वर्ष ७ का बालक १ र वर्ष ३४ की महिला समेत गरी वनेपा न। पा का चार जना, वर्ष २७ का १ र वर्ष ३२ का २ समेत गरी नमोबुद्ध नपा का तीन जना र बेथानचोक गाउँपालिका घर भई वनेपा बस्ने पाँचखालमा कार्यरत एक जना गरी काभ्रे जिल्लामा जम्मा आठ जना मा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द झाले जानकारी दिनुभयो ।

    थपिनेमा संघीय प्रहरी कार्यालय बनेपाका प्रहरीमा देखिएको कोरोना परिवारका ७ बर्षिय बच्चामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै विद्युत्त प्राधिकरण पाँचखालमा कार्यरत कर्मचारीलाई कोरोनाको लक्षण देखिएको छ । बनेपा नगरपालिका वडा नम्वर ९ घर भएका दुई ब्यक्ति काठमाडौको जडिबुटीमा उद्योगमा कार्यरत रहँदा रहँदै पिसिआर गरिएको थियो । उनिहरु दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा पहिलो पटक ३ जना बैदेशिक रोजगारबाट फर्किएकाहरुमा कोरोना पुष्टी भएको छ । दुबईबाट फर्किएका २५ वर्षिय युवक नमोबुद्ध ७ का हुन भने साउदीबाट फर्किएका ३२ वर्ष र २७ बर्षका दुई युवक वडा नम्वर ५ का हुन् ।

    यो सँगै जिल्लामा ७० जना संक्रमित संख्या पुगेको छ । काभ्रेमा २५ बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरु, २० जना प्रहरी, २ स्वास्थ्यकर्मी, १ जनप्रतिनिधि र २२ जना समुदायका रहेका व्यक्तिहरु छन् ।

    प्रतिक्रिया दिनुहोस