२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

धुलिखेल अस्पतालका १ सय २० स्वास्थ्यकर्मी एकान्तबासमा, आकस्मिक बाहेक सबै सेवा बन्द

तस्वीर : गुगल
  • २०७७ श्रावण २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ४९२ पाठक संख्या
  • काभ्रेपलाञ्चोक/धुलिखेल अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना भाईरस संक्रमण पोजेटिभ देखिएपछि अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा उपचारमा संलग्न स्वास्थ्यकर्मी एकान्तबासमा बसेपछि अस्पतालमा इमरजेन्सी बाहेकको सेवा बन्द भएको छ ।

    अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजुद्धारा हस्ताक्षरित विज्ञप्तीमा केहि दिन देखि लगातार धुलिखेल अस्पतालमा उपचार गराईरहेका ४ जना सर्वसाधारण र एक जना उपचारमा संलग्न स्वास्थयकर्मीमा कोरोना पोजेटिभ देखाएपछि अस्पतालमा कार्यरत १ सय २० भन्दा बढि स्वास्थ्यकर्मी एकान्तबासमा बस्नुपर्ने भएकोले आकस्मिक बाहेक सबै सेवा बन्द भएको जनाएको छ ।

    धुलिखेल नगरपालिकामा अत्यावश्यक बाहेक सेवा बन्द

    धुलिखेल नगरपालिकाका मुख्य बजारहरुमा कोरोना संक्रमित देखिएको भन्दै धुलिखेल नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

    नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जुद्धारा हस्ताक्षरित विज्ञप्तीमा नगरपालिकामा कोरोना संक्रमण देखिएकोले साउन ३० गते बाट भाद्र ५ गते सम्म नगरको अत्यावश्यक बाहेक सेवा बन्द गरेको जनाएको छ ।
    त्यस्तै धुलिखेल अस्पताल बाहिर होटल व्यवसायीलाई कोरोना पोजेटिभ देखाएपछि त्यसको २०० मिटर वरपर शिल गरेको समेत धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले जानकारी दिनुभयो ।

    सम्पर्कमा आउन मण्डनदेउपुरको अनुरोध

    मण्डनदेउपुर नगरपालिकामा एक जना जनप्रतिनिधि वडा अध्यक्ष सहित अन्य एक जनामा कोरोना पोजेटिभ भेटिएपछि नगरले उहाँहरुसँग एक हप्ता अघि देखि सम्पर्कमा आउनुभएकोलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

    नगरले इमान्दारिताका साथ वडा अध्यक्ष तथा अन्य एक जनाको सम्पर्कमा आउनुभएकोले केश अनुसन्धान तथा खोज पड्ताल टिममा सम्पर्कमा आउन अनुरोध गरेको हो ।

    प्रतिक्रिया दिनुहोस