२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वाग्मती प्रदेशमा ४३ कोरोना सङ्क्रमित थपिए

  • २०७७ श्रावण २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३८८ पाठक संख्या
  • वाग्मती प्रदेशमा आज अपराह्न २ बजेसम्म ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईँका अनुसार प्रदेशका मकवानपुर, काठमाडौंँ, रामेछाप, काभ्रे लगायत जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    प्रदेशमा हालसम्म कोरोना सङ्कमित दुई हजार नाघेका छन् । तीमध्ये १७ जनाको मृत्यु भइसकेको डा सेढाईले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस