२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेका एक जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि

  • २०७७ श्रावण २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ९९६ पाठक संख्या
  • काभ्रे/जिल्लामा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मण्डन देउपुर नगरपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको डा. नरेन्द्र झाले बताउनुभयो ।
    यो सहित जिल्लामा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । जसमा २० जना प्रहरी, २ जना स्वास्थ्कर्मी, १ जना जन प्रतिनिधि, २२ जना वैदेशिक रोजगारबाट फर्केका, १८ जना कन्ट्याक्ट ट्रेसिङका कारणबाट संक्रमित भएको डा. झाले बताउनुभयो ।

    डा. झाका अनुसार काभ्रेमा विहिवार मात्र १० जनामा कोरोना संक्रमण भेटिएको छ ।

    प्रतिक्रिया दिनुहोस