२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

डोटी बस दुर्घटना : तीनको मृत्यु, ७ जना गम्भीर घाईते

  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ३४९ पाठक संख्या
  • बुधवार बिहान डोटीको पूर्वीचौकी गाउँपालिका-१ खिरसैन, तल्लो फुलोटमा भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यू भएको छ ।

    मृत्यु हुनेमा मंगलसैन नगरपालिका-७ अछामकी ५५ वर्षीया धनी शाही, बान्नीगढी जयगढ गाउँपालिका-३ का ६० वर्षीय पदम साउँद र चौरपाटी गाउँपालिका-४ घर भई बसका सहचालक टिकाराम बिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

    दुर्घटनामा परी कैलाली जिल्ला, गोदावरी नगरपालिका-२ अत्तरिया घर भएका बसका चालक हेमबहादुर खत्रीसहित ३४ जना घाइते भएका छन् । घाइतेहरुको डोटी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    घाइतेहरुमध्ये १२ जना गम्भीर भएको अस्पतालले जनाएको छ । उनीहरुमध्ये सात जनालाई अन्यत्र रिफर गर्नु पर्ने अवस्था रहेको अस्पतालका चिकित्सक डा प्रमोद भट्टले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस