२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

सभापति देउवाले गरेको विभाग गठनमा गगन थापा लगायत १२ केन्द्रीय सदस्यकोआपत्ति

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • २१९ पाठक संख्या
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा धमाधम विभाग गठन गरेर महाधिवेशन कै निष्पक्षतामा प्रश्न उठाएको कांग्रेसका १२ जना केन्द्रीय सदस्यले आरोप लगाएका छन् ।

    १३ औं महाधिवेशन सकिएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने विभागमा सभापति देउवाले चार वर्षे कार्यकाल सकाएर निर्वाचनका लागि थपिएको समयमा धमाधम मनोनित गरिरहनुभएको छ ।

    पार्टीभित्र विरोधी पक्षको आपत्तिकाबीच देउवाले ३० भन्दा बढी विभाग एकलौटी रुपमा गठन गर्नुभएकोमा कांग्रेस नेता गगनथापासहितका १२ जना केन्द्रीय सदस्यले आपत्ति जनाउनुभएको हो ।

    ‘महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टीका साथिहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको मिति तोकिसके पश्चात् बिभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गर्नु हो,’ केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादवले मंगलबार निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    अहिले गठन गरेका विभागहरूले आफ्नो जिम्मेवारीअनुसार काम गर्न समय नपाउनेमा भन्दै उहाँहरुले लेख्नुभएकोछ, ‘हामीले बनाएका विभागहरुले आफ्ना विभागीय काम कहिले गर्ने ? विभाग गठनका कार्य तत्काल रोकिनु पर्छ र गठन गरिएका औचित्यहिन विभागहरु खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ ।’

    प्रतिक्रिया दिनुहोस