२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि, २३ हजार ९ सय ४८ पुग्यो

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ५५२ पाठक संख्या
  • मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

    मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।

    मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।

    प्रतिक्रिया दिनुहोस