२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा ९२ वर्षका वृद्धमा कोरोना

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ५३२ पाठक संख्या
  • काभ्रेपलाञ्चोक/काभ्रे जिल्ला धुलिखेल ७ का ९२ बर्षिय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    धुलिखेल नगरपालिका ७ घर भइ हाल काठमाडौँको बानेश्वरमा बस्दै आएका ९२ वर्षका वृद्धमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो । जन्मदिन मनाउन सोमवार मात्र काठमाडौबाट धुलिखेल आएका थिए । धुलिखेलस्थित आफ्नो घर पुगेसँगै स्वास्थ्यमा समस्या देखिएपछि वृद्धलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

    त्यस्तै संसघय प्रहरी कार्यालयमा कार्यरत थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि संघीय प्रहरीका १० जना र जिल्ला प्रहरी काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै जिल्लामा संक्रमित प्रहरीको संख्या १४ पुगेको छ ।

    हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने एक महिलाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस