२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

३१ दशमलब २५ प्रतिशत स्थानमा मात्र भौतिक दुरी कायम, यातायातमा मापदण्ड पालना भएन

  • २०७७ श्रावण २५, आईतबार मा प्रकाशित ३ साल अघि
  • १५०८ पाठक संख्या
  • काठमाडौं/ काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रुपमा पालना नभएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

    परिषदको टोलीले सबैभन्दा भिड हुने तरकारी बजार, बैंक, भिड हुने सरकारी कार्यालय, मठमन्दिर लगायत सार्वजनिक स्थलहरुमा गरेको अवलोकनले ३१.२५ प्रतिशत स्थानमा मात्र भौतिक दुरी कायम भएको भेटिएको छ । कमै स्थानमा मात्र भौतिक दुरी अर्थात २ मिटरको मार्किङ कमै स्थानमा मात्र गरिएको पाइएको टोलीले जानकारी दिएकाृ छ भने साबुन पानी र स्यानिटाइजर लगभग ६० प्रतिशतमा मात्र रहेको जानकारी दिएको छ ।

    ४५०२ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मास्क लगाएका थिए भने २७.१ प्रतिशतले मास्क लगाएका थिएनन् । मास्क लगाउने २७०३ मध्ये सही तरिकाले मास्क लगाउनेको संख्या ७२.६६ रहेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताउनुभयो ।

    यस्तै ३० वटा सार्वजनिक यातायातको अनुगमन गर्दा ५० प्रतिशतभन्दा कम यातायातमा मात्र एक पङ्तिको एक सिटमा यात्रु बस्ने लगायतका मापदण्ड पालना भएको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस