२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विगतको जस्तो लकडाउन हुँदैन : सरकार

  • २०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १४८४ पाठक संख्या
  • काठमाण्डौ/सरकारले विगतको जस्तो लकडाउन नहुने जानकारी दिएको छ ।

    सरकारका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विगतको जस्तो लकडाउन अब नहुने स्पष्ट पार्नुभएको हो । रक्षा मन्त्रालयमा केही पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले पूर्व पश्चिम समेट्ने गरी एकै साथ एउटै तरिकाको लकडाउन नहुने ताउनुभयो । ’अब फेरि सम्पूर्ण रूपमा लकडाउन गर्ने सरकारको योजना छैन । पहिला निरपेक्ष ढंगले सबै ठाउँमा लकडाउन गरिएको थियो । कतिपय क्षेत्रमा पछि पुनर्विचार पनि गरेको हो,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले मानिसको आवतजावत व्यवस्थित बनाउनेबारे चाँडै निर्णय हुने जानकारी दिनुभयो ।

    बाहिरबाट काठमाडौं आउनेहरू अनियन्त्रित ढंग र भौतिक दुरी कायम नगरी आएकाले काठमाडौं धेरै संवेदनशील बनेको पोखरेलको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस