२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्णलाई भुम्लुले गर्यो नगद सहित सम्मान

  • २०८१ अषाढ २३, आईतबार मा प्रकाशित १ हप्ता अघि
  • ३४ पाठक संख्या
  • भुम्लु गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गरेका छात्रछात्रालाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

    २०८१ को एसईई परीक्षामा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरु मध्ये सबैभन्दा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका एक छात्र र एक छात्रालाई नगद एक लाख पुरस्कार प्रदान गरिएको हो ।

    गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान  तामाङका अनुसार उत्कृष्ट अंक ल्याई पुरस्कृत हुनेमा भुम्लु गाउँपालिका वडा नं. १ सापिङ, रिठ्ठेस्थित श्री सेतीदेवी माध्यमिक विद्यालयका छात्र करिश गिरीले ३.७० जि.पि.ए. ल्याएका थिए भने छात्रातर्फ वडा नं. ३ बेखसिम्लेस्थित श्री वनदेवी माध्यमिक विद्यालयका मिरा श्रेष्ठले ३.३५ जि.पि.ए. ल्याएकी थिईन ।

    साथै पालिकाभरिमा प्रतिस्पर्धाको आधारमा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयहरु क्रमस :  श्री शारदा मावि प्रथम ५० हजार,  श्री सेतीदेवी मावि द्वितीय २५ हजार र श्री वनदेवी मावि तृतीय १५ हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेल,  उपाध्यक्ष जितेन्द्रमान  तामाङ,  सामाजिक विकास समिति संयोजक एवं वडा नं. ५ का वडा अध्यक्ष अञ्चलकुमार मोक्तान, जिल्ला समन्वय समितिका सदस्य कमलराज गिरी, प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टराई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस