२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी

  • २०८१ जेष्ठ ३०, बुधबार मा प्रकाशित १ महिना अघि
  • १६८ पाठक संख्या
  • नेकपा एमाले काभ्रेको ११ जिल्ला अधिबेशनमा राजन भूर्तेल विजयी भएका छन । भुर्तेल अध्यक्षका अर्का उम्मेद्वार चन्द्र लामा संग ८१ मतान्तरमा विजयी भए । भुर्तेलले ३८० मत प्राप्त गरे भने लामाले २९९ मत प्राप्त गरे ।

    एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न दिएको निर्देशन विपरीत काभ्रेमा छुट्टा छुट्टै प्यानल बनेर भएको निर्वाचनमा भुर्तेल प्यानलकै उपाध्यक्षका उम्मेद्वार देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिव खुल्लामा  रत्नकुश रंजित र महिला उपसचिवमा सूर्यमाया दनुवार विजयी भए ।

    उनीहरु बीचमा सर्वसम्मतको प्रयास भएपनि जिल्लाका सिनियर नेताहरु नै लामा र भुर्तेलको पक्षमा खुलेकाले सहमतिको प्रयास प्रयासमैं सीमित भएको थियो ।

    नेता एवं सांसद गोकुल बाँस्कोटा, निवर्तमान अध्यक्ष अशोक बेञ्जु लगायतले भुर्तेललाई साथ दिएका थिए । लामालाई जिल्ला अध्यक्ष बनाउनुपर्ने पक्षमा रेशम लामा, रुक्मणी बराइली, अमित लामा लगायत खुलेर लागेका थिए ।

    प्रतिक्रिया दिनुहोस