२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

शैलजाको स्मृति दिवसमा आदर्श समाजको सम्झना

  • २०८१ जेष्ठ ३०, बुधबार मा प्रकाशित १ महिना अघि
  • २३८ पाठक संख्या
  • प्रजातान्त्रिक आन्दोलनका अथक योद्दा स्वर्गीय शैलजा आचार्यलाई बिभिन्न कार्यक्रम गरी स्मरण गरिएको छ । यसै क्रममा काभ्रेमा पनि शैलजा आचार्य आदर्श समाजले  मंगलबार बनेपामा एक कार्यक्रम गरी स्मृति दिवस मनाएको हो ।

    शैलजा आचार्य आदर्श समाज काभ्रेले गरेको कार्यक्रममा उपस्थित कांग्रेस नेता र विभिन्न संस्थाका प्रतिनिधीले प्रजातन्त्र प्राप्तीको लागि उनले खेलेको भूमिकाबारे परिचर्चा गरे ।

    नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई, सचिव माधव ढकाल, सहसचिव समिर व्याञ्जु, रविन्द्र सिग्देल, जिल्ला सदस्य एवं जिसस प्रवक्ता अप्सरा ढुंगाना, बेथानचोक गाउँपालिका  अध्यक्ष भगवान अधिकारी, बनेपा नगर सभापति महेश कर्माचार्य, नेपाल शिक्षक संघका उपमहासचिव नारायणप्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नारायण सापकोटा, कपिल कोइराला, प्रेस यूनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, कोषाध्यक्ष सरोज अधिकारी, संचारीका समूह काभ्रेको अध्यक्ष सुनिता सापकोटा लगायतले शैलजा आचार्यको  योगदानको चर्चा गर्दै अनुशरण गर्नुपर्ने तर्क राखे ।

    कार्यक्रममा शैलजा आचार्य आदर्श समाज काभ्रेकि अध्यक्ष मञ्जु आचार्य घिमिरेले शैलजाको राजनीतिक जीवन, उनको जीवनमा आएका राजनीतिक आरोह–अवरोह, नेपालमा प्रजातन्त्र स्थापनामा उनले खेलेको भुमिकाको बारेमा चर्चा गरेकि थिइन् ।

    प्रतिक्रिया दिनुहोस