२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

नेकपा एमाले काभ्रेको जिल्ला अधिबेशन : लामा र भुर्तेल प्यानल सहित चुनावी मैदानमा

  • २०८१ जेष्ठ ३०, बुधबार मा प्रकाशित १ महिना अघि
  • ३७७ पाठक संख्या
  • नेकपा एमाले काभ्रेको ११ औं जिल्ला अधिबेशनमा उम्मेद्वारी दर्ता सकिएको छ । नयाँ नेतृत्वको लागि  अहिलेका उपाध्यक्ष चन्द्र लामा र सचिव राजन भूर्तेल प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन ।

    लामाको प्यानलमा उपाध्यक्षमा आत्माराम थापा, सचिवमा होम चौलागाई, उपसचिव खुल्लामा  पुरुषोत्तम अधिकारी र महिला उपसचिवमा पवित्रा भुर्तेल छन ।

    त्यस्तै भुर्तेलको प्यानलमा उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिव खुल्लामा  रत्नकुश रंजित र महिला उपसचिवमा सूर्यमाया दनुवारको प्यानल बनेको छ ।

    प्यानल बाहेक उपाध्यक्षमा सुदर्शन थापा, कमला काफ़ले, सचिवमा  कुमार भट्टराई, सहसचिवमा हरि मैनाली, बेदप्रसाद तिमलसिना, महिला उपसचिवमा शान्ता न्यौपानेले उम्मेद्वारी दिएका छन ।

    उनीहरु बीचमा सर्वसम्मतको प्रयास भएपनि जिल्लाका सिनियर नेताहरु नै लामा र भुर्तेलको पक्षमा खुलेकाले सहमतिको प्रयास प्रयासमैं सीमित भयो ।

    नेता एवं सांसद गोकुल बाँस्कोटा, निवर्तमान अध्यक्ष अशोक बेञ्जु लगायतले भुर्तेललाई साथ दिइरहेका छन् । लामालाई जिल्ला अध्यक्ष बनाउनुपर्ने पक्षमा रेशम लामा, रुक्मणी बराइली, अमित लामा लगायत खुलेर लागेका छन् ।

    अधिवेशनबाट १ सय ५ जनाको कार्यसमिति चयन हुने छ ।  ६ सय ९२ प्रतिनिधी सहभागि हुनेछन् ।यो पटक पनि इलेक्ट्रिक भोटिङ मेशिन प्रयोग हुनेछ ।

    प्रतिक्रिया दिनुहोस