२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

नेकपा एमाले काभ्रेको ११ औं जिल्ला अधिबेशन : अध्यक्षमा चन्द्र र राजनको चर्चा

  • २०८१ जेष्ठ २८, सोमबार मा प्रकाशित १ हप्ता अघि
  • ३५४ पाठक संख्या
  • नेकपा एमाले काभ्रेको ११ औं जिल्ला अधिबेशन चलिरहेको छ । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले काभ्रेको ११ जिल्ला अधिबेशन उद्घाटन गरे । सोमबार उद्घाटन भएपनि मंगलबार बिहान ९ बजे देखि बन्दसत्र शुरू हुने एमाले काभ्रेले जनाएको छ ।

    ११ औं जिल्ला अधिबेशन चलिरहॅदा नेतृत्व चयनकोलागि रस्साकस्सीनै चल्ने देखिएको छ । नयाँ नेतृत्वको लागि  अहिलेका उपाध्यक्ष चन्द्र लामा र सचिव राजन भूर्तेल प्रतिस्पर्धामा उत्रने देखिएको छ । लामा यस अघि बागमती प्रदेशको मन्त्री भैसकेका व्यक्ति हुन । अध्यक्षमा दुबैजना बलिया उम्मेदबार भएपनि एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले जता सहयोग गर्छन त्यतै पल्लाभारी हुने देखिएको छ । समाचार तयारपर्दा सम्म बास्कोटाको सहयोग भुर्तेललाई हुनेछ । लामालाई केन्द्रीय सदस्य रेशम लामाले साथ दिने बुझीएको छ ।

    त्यस्तै उपाध्यक्षमा यस अघि उपसचिव भैसकेकी रीता ढकाल, कुमार भट्टराई, रुद्र तामाङ लगायतको चर्चा छ । सचिवमा देवसागर लामा, राजकुमार सपकोटा, शुरेश हुमागाई लगायतको चर्चा छ । सचिवको उम्मेदवार लामा उपाध्यक्षको उम्मेदवार हुन सक्ने तथा सर्वसम्मति नेतृत्व चयन हुने अवस्थामा सापकोटा उपसचिवनै बस्न सक्ने संभावना पनि छ । खुल्ला उपसचिवमा रामशरण दाहाल, हरि मैनाली, प्रकाश रोक्का, तेज नेपाली लगायतको चर्चा छ भने उपसचिवमा पवित्रा भुर्तेल, बिमला सापकोटा, रेखा दाहाल सापकोटा, सूर्यमाया दनुवार लगायतको चर्चा छ ।

    अधिवेशनबाट १ सय ५ जनाको कार्यसमिति चयन हुने छ ।  ६ सय ९२ प्रतिनिधी सहभागि हुनेछन् ।यो पटक पनि इलेक्ट्रिक भोटिङ मेशिन प्रयोग हुनेछ ।

    कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उनले नेकपा एमाले सिध्याएर देशमा अस्थिरता निम्त्याउन चाहनेहरु एमाले छाडेको बताए । जसरी भैसीमा भएको किर्ना अघाए पछि झर्छ, त्यसरी नै एमालेमा रहेर अघाएकाहरु किर्ना झै बाहिरिएका छन्’–ओलीले भने ।

    कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, कृष्ण राई, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंङ्गेल, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव राजन भुर्तेल लगायतले मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस