२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

एमडिएमएस प्रणाली ढिलोचाडो लागू हुन्छ : संचारमन्त्री

  • २०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित २ हप्ता अघि
  • ७३ पाठक संख्या
  • संचार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले मोबाइलमा एमडिएमएस प्रणाली लागू गर्नबाट सरकार पछि नहटेको स्पष्ट पारेकी छन ।

    नेपाल मोबाइल ब्यवसायी महासंघको शुक्रबारबाट राजधानीमा सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको उद्घाटन गर्दै संचारमन्त्री शर्माले सरकारले ढिलोचाडो मोबाइलमा एमडीएमएस प्रणाली लागू गरेरै छाड्ने बताएकी हुन ।

    `एमडीएमएस प्रणाली लागू हुन्न भन्ने नसोचौं, ढिलो चाडो एमडिएमएस लागू हुन्छ, यो प्रणाली लागू गर्ने प्रक्रियामा सरकार अघि बढेपनी तत्काल लागू गर्न नसकिएको हो, तर सरकार ब्याक भएको होइन, निकट भविष्यमा यो लागू हुन्छ, ढुक्क हुनुस, यसले देशको राजस्वमा पनि घाटा छ, त्यसतर्फ पनि सरकारको चिन्ता छ।´ मन्त्री शर्माले भनिन ।

    उनले टेक्नोलोजीको बिकास नभैसकेको कारण सरकारले अहिले नै एमडीएमएस लागू गर्न नसकिएकोमा भने सत्यता रहेको बताइन
    `यो जरुरी हो भन्ने कुरामा प्रधानमन्त्री र हामी तयार छौ, यहाँ केही बदमासी पनि भएको रहेछ, छानवीन भैरहेको छ, अलि परिपक्व भएपछी एमडीएमएस लागू हुन्छ, सरकार त्यसमा तयार छ ।´

    मन्त्री शर्माले मोबाइल ब्यवसायीले चोरीको मोबाइल बेच्न छाडे ग्रे फोनको कारोबारसमेत बन्द हुने बताइन । ग्रे फोनको कारोबार बन्द भए देशको अर्थतन्त्रमा पनि वृद्धि हुने र त्यसले ब्यवसायीहरुको मार्जिनमा समेत वृद्धि हुन सहयोग पुग्ने बताइन ।

    महाधिवेशन मार्फत महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन हुदैछ। महाधिवेशनका लागि ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन।

    प्रतिक्रिया दिनुहोस