२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप बैद्य निर्वाचित

  • २०८१ जेष्ठ २०, आईतबार मा प्रकाशित ३ हप्ता अघि
  • ८० पाठक संख्या
  • काभ्रे उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रताप बैद्य निर्वाचित भएका छन ।

    आइतबार बिहान सम्पन्न भएको मतगणना अनुसार बैद्यले ४ सय ८७ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी राजन मानन्धरले ४ सय ५७ तथा बसन्त नारायण भोछिभोयाले  १ सय १७ मत पाएका छन् ।

    त्यस्तै वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार ६ सय ४३ मतका साथ बिजयी भएका छन् । उपाध्यक्षमा सुरेश भक्त भोछिभोयाले ५ सय १२ मत तथा उमेशरत्न शाक्यले  ४ सय ५३ मत पाएर विजयी भए । महासचिवमा ५ सय ६९ मतका साथ रजित पलाञ्चोके, कोषाध्यक्षमा ५ सय २४ मतका साथ मानकाजी प्रधान,  मुख्य संयोजकमा ५ सय ६३ मतका साथ विज्ञान धौगोडा, सचिवमा ५ सय ७८ मतका साथ कृष्णलाल श्रेष्ठ, सह सचिवमा ५ सय ९४ मतका साथ रामकुमार श्रेष्ठ , सह कोषाध्यक्षमा ५ सय ४९ मतका साथ श्याम कुमार भालु ( मुनाल), तथा सह मुख्य संयोजकमा ५ सय ३० मतकासाथ रवि तौजले विजयी भएका छन् ।

    त्यस्तै सदस्यहरुमा हरिशचन्द्र अधिकारी ४ सय ८७, निर्दोष पलाञ्चोके ६ सय ४४, रहदेव पोटे ५ सय ७५, रोशन खुप्पा श्रेष्ठ ५ सय ७४, सुमन चौ प्रधान ५ सय ५६,  गौतम मानन्धर ५ सय ३१,  सुजन मानन्धर ५ सय २३, नरेशराज कायस्थ ६ सय २१, रजेन्द्र पसछें ५ सय १८ तथा राजनबहादुर ढकाल ४ सय ९१ मतका साथ विजयी भए ।

    त्यस्तै बनेपा संयोजक लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ, महिला सदस्य  पूर्णिमा प्रधानाङ्ग र कमला अवाल, बस्तुगत सदस्य प्रेमबहादुर तामाङ र एशोसिएट सदस्य दुर्गालक्ष्मी रञ्जितकार निर्विरोध निर्वाचित भए ।

    मिडियाचोक डटकम परिवार निर्वाचित सबैमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ ।

    प्रतिक्रिया दिनुहोस