२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

मोबाईल जर्नालिजम (मोजो) तालिम सम्पन्न

  • २०८१ जेष्ठ १८, शुक्रबार मा प्रकाशित ३ हप्ता अघि
  • ४५ पाठक संख्या
  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको आयोजना तथा रोशी गाउँपालिकाको सहयोगमा सञ्चालित चारदिने मोबाईल जर्नालिजम (मोजो) तालिम सम्पन्न भएको छ ।

    तालिमको समापन कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले नयाँ नयाँ प्रविधिको सहज प्रयोगका लागि तालिम महत्वपुर्ण हुने बताए ।

    समापन कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइवा, फोनिजका केन्द्रिय अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमल्सिना, फोनिज वागमति प्रदेश इन्चार्ज पेमा लामा, प्रदेश अध्यक्ष युवराज श्रेष्ठ जिल्ला अध्यक्ष इन्द्र थापा, उपाध्यक्ष काजल तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    तालिममा सहभागि २० जनालाई  प्रमाणपत्र वितरण गरीएको थियो ।

    तालिममा आनन्द कुमार श्रेष्ठ, प्रकाशचन्द्र जिम्बा र अमरदिप श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस